चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत नौ किलोबाट टंयाङ्कर त्रिशुलिमा खसेको छ । खाने तेल बोकेको ट्याङ्कर आज साँझ ५ः२० वजे त्रिशुलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको नम्बर नखुलेको ईच्छाकामना गाउँपालीका वडा नम्बर ६ नौ कीलेबाट त्रिशुलिमा खसेको हो । ट्याङ्करका चालक र सहचालक सम्पर्क बिहिन रहेको उहाँले जानकारी दिनुभयो । ट्याङ्करको केही भाग मात्र पानी वाहीर देखिएको छ । घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उहाँले वताउनुभयो ।





