चितवनः नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा दिनेश कोइराला बिजयी हुनु भएकको छ । काँग्रेस चितवनको ७५ वर्षीय इतिहाँसमा पहिलोपटक कोईराला निर्वाचित केन्द्रिय सदस्य वन्नु भएको हो । यस अघि नेपाली काँग्रेसका पूर्ब सभापति कृष्णलाल सापकोटा आमन्त्रीत केन्द्रिय सदस्यको रुपमा रहनु भएको थियो ।
काँग्रेस चितवनले अहिले सम्म एक जना पनि निर्वाचित केन्द्रिय सदस्य पाउन नसक्दा राजनैतिक रुपमा पछाडी पर्दै आएको थियो । स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्र संग तालमेल गर्दा नगर प्रमुखको उम्मेदवारी छाडेका कोईराला केन्द्रिय सदस्यमा निर्वाचित भए संगै काँग्रेस चितवनमा खुशियाली छाएको छ । उहाँ निर्वाचित वन्दै गर्दा गठवन्धनको नाममा काँग्रेस चितवनले पाएको पिडा अब भोग्नु नपर्ने काँग्रेसीहरुले वताएका छन् । काँग्रेस चितवनका युवा नेताको रुपमा परिचय वनाउनु भएका कोईराला केन्द्रिय सदस्यमा १ हजार ७ सय ८१ मत प्राप्त गरि २८ औं नम्बरमा बिजयस् वन्नुभएको हो । ३५ जनाको खुल्ला सदस्यमा भएको निर्वाचनमा उहाँ २८ औं नम्बरमा बिजयी वन्नु भएको हो ।
केन्द्रिय सदस्य मध्ये आज खुल्ला तर्फको केन्द्रिय सदस्यको मतदान सकिएको छ । भोलीबाट अन्य समावेसी तर्फको केन्द्रिय सदस्यको मत गणना हुने जनाईएको छ ।






