चितवनः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का अध्यक्ष माधब कुमार नेपालले नेकपा एमाले इतिहासको बिषय वन्ने दावि गर्नु भएको छ । आज यहाँ पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा एमालेलाई समाजबादीले इतिहासको बिषय बनाउने दावि गर्नुभएको हो ।
एमाले अध्यक्ष ओली प्रति लक्षित गर्दै उहाँले थप्नुभयो “समाजबादी पार्टी तर्फ जनताको आकर्षण देखेर नेताहरुको होस हबास गुम भएको छ ।” उहाँले आम निर्वाचन सम्म गठवन्धन सहकार्य गरेर अघि वढ्ने बताउनुभयो । उहाँले भन्न्ुभयो “राष्ट्रिय सभा र उप निर्वाचनमा संयुक्त रुपमा अघि वढेर जितेर देखाउँछौ ।” अन्य निर्वाचनको बिषयमा सकारात्मक रुपमा छलफल भईरहेको उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले सर्बोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनु पर्ने बताउनुभयो । पाँच दल बिच यस बिषयमा छलफल भई सकेको र निर्णय पनि भएको भन्दै उहाँले प्रधानमन्त्रीे राज्यका निकायहरु संग छलफल गरि अघि वढ्ने विश्वसा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “केहि दिनमा समस्या समाधान हुन्छ भन्नेमा छौ ।”
नेकपा एमालेले अधिबेशनमा नवोलाएको प्रति कुनै दुःख मनाउ नरहेको उहाँको भनाई थियो । उहाँले भन्न्ुभयो “नवोलाएको ठाउँमा पाहुना वन्ने बानि हामीमा छैन ।” अहिले पार्टी निर्माणमा लागि रहेको बताउँदै उहाँले अब समाजबादी प्रजातान्त्रीक संस्कार अनुसार अघि वढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !