चितवन,२७ कात्तिक । इलाका प्रहरी कार्यालय रत्ननगरले आज एक सय ८४ किलो ३ सय ५० ग्राम चरेस सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १४ शान्ति चोकबाट उनिहरुलाई नियन्त्रणमा लिईएको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरिक्षक ईन्द्र वहादुर रानाका अनुसार स्थानीय बिष्णु पन्तको घरमा गोदाम बनाई लुकाई राखेको अबस्थामा चरेस बरामत गरिएको हो । पन्तको घर रत्ननगर नगरपालिका वडा नम्बर १५ निवासी उद्धब अधिकारीले गोदामको रुपमा प्रयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । गोदमबाट ३२ वटा काटुनमा १९२ वटा च्यवनप्राश को भाँडामा राखिएको अबस्थामा चरेस बरामत गरिएको हो । सो स्थानबाट अधिकारी सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।अन्यको खोजिकार्य भईरहेको रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !