चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्धामा कानुन व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्बी चितवनको कालिका नगरपालिका वडा नम्बर ५ का ५० वर्षिय कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन् ।

देवकोटा अँफैले नागरिकताको बिषयमा जाहेरी दरखास्त लेखि जाहेरीमा प्रतिबादीको रुपमा रहेका व्यक्ति संग पटक पटक फोन सम्पर्क गरी तपाईको नाममा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेको छ । उक्त जाहेरी दर्ता नगराई मुद्धा मिलाई दिन्छु भनि रकम माग गरेको भन्दै देवकोटालाई पक्राउ गरिएको हो ।

कार्यालयका सूचना अधिकारी सूर्य वहादुर थापाका अनुसार उनलाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका देवकोटालाई ठगी मुद्धामा म्यद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !