चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत राप्ती नगरपालिकामा भएको निर्वाचनमा देवेन्द्र लामा बिजयी हुनु भएको छ । उहाँले आफ्ना प्रतिशप्रधि लाई ४० मत अन्तरले पराजित गर्नु भएको हो ।
लामाले १ सय २७ मत ल्याउँदा उहाँका प्रतिशप्रधि नारायण उप्रेतीले ८७ मत ल्याउनु भयो । यस्तै उपसभापतिमा अनिता खरेल र कृष्ण प्रसाद पाण्डे बिजयी हुनु भएको छ । उहाँहरुले १ सय २९ र १ सय १७ मत ल्याउनु भयोृ । अन्य प्रत्याशि ध्रुर्बकुमार शिलवाल र मेघनाथ सेढाइले क्रमश ८१ र ८५ मत प्राप्त गर्नु भयो । यस्तै सचिबमा राजकुमार शिलवाल र लक्ष्मी कडेल बिजयी हुनु भएकको छ। उहाँहरुले क्रमश १ सय २९ र १ सय १५ मत ल्याउनु भयो । सचिबका अन्य उम्मेदवारहरु चुडामणी खरेल ९०, मानकुमार चेपाङ ७९ मत प्राप्त गर्नु भयो ।
यस्तै सह सचिबमा मनोज तामाङ र तारामायाँ प्रर्जा बिजयी भएको मतदान अधिकृत शिवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँहरुले क्रमश १ सय १६ र १ सय ९ मत प्राप्त गर्नु भएको छ । सह सचिबका प्रत्याशि पदमराज सेढाई र रुद्रकुमारी सापकोटाले क्रमश १०० र ८५ मत प्राप्त गर्नु भएको छ ।
राप्तीमा २ सय २४ मत खसेको थियो । जस मध्ये ३ मत वदर भएको उहाँले जानकारी दिनुभयो । प्रदेश अधिबेशन प्रतिनिधिमा बिराज श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले १ सय २१ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रत्यासी विराज रुवालीलले ८१ मत प्राप्त गर्नु भएको थियो ।







