चितवन, ४ असोज । जिल्लामा मा १८ वर्ष माथि उमेर समूहका सबै विद्यार्थीहरुलाई कारोना भाइरसविरुद्धको भेरोसिल खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय चितवनले सातै पालिकाका १८ वर्ष माथिका विद्यार्थीहरुलाई खोप लगाउने तयारी सुरु गरेको हो । कोरोना सङ्क्रमण घट्दै जाँदा बिद्यालयहरुले भौतिक रुपमा उपस्थिति गराई पठनपाठन सुरु गरे संगै बिद्यार्थीहरुलाई लक्षित गर्दै खोपको तयारी सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीका अनुसार असोज ५ गते देखि देखि असोज ८ गतेसम्म १८ वर्ष माथिका उमेर समूहका विद्यार्थीहरुलाई भेरोसिल खोपको पहिलो मात्रा लगाइनेछ । उहाँले न्नुभयो “पहिला परीक्षा दिनेहरुलाई मात्र खोप दिइएको थियो भने अब १८ वर्ष कटेका सबै विद्यार्थीहरुले खोप पाउँछन् ।”

चितवन जिल्लामा पछिल्लो पटक एक लाख १० हजार भेरोसिल खोप आएको छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोपमध्ये चितवनमा एक लाख १० हजार खोप आएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !