चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं जाँदा काँग्रेस चितवनको वडा अधिबेशन सम्पनन हुने तयारीमा छ । काँग्रेस चितवनको वडा अधिबेशनबाट क्षेत्रीय प्रतिनिधिहरु आइसकेका छन् ।
यसै क्रममा काँग्रेसको महानगरपालिका सभापतिमा काँग्रेस नेता चित्रसेन अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसके पछि उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । २०२४ सालमा जन्मनु भएका अधिकारी बिद्यार्थी राजनिति यात्राबाट सुरु भएको हो । वि. सं. २०४२ सालमा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट सुरु भएको उहाँको राजनैतिक यात्रा क्याम्पस कमिटिमा सक्रिय भई राजनिति यात्रा अहिले महानगरमा काँग्रेसका तर्फबाट प्रतिपक्षि दलको नेताको रुपमा रहनु भएको छ ।
२०४६ सालको आन्दोलनमा गिरफतारी देखि २०६२–२०६३ मा सक्रिय सहभागिता जनाउनु भएका नेता अधिकारी २०५४ सालामा साबिक पार्वतिपुरमा काँग्रेसका तर्फबाट वडा अध्यक्ष निर्वाचत हुनु भएको थियो । अहिले भरतपुर महानगरपालिका वडा नम्बर २१ मा निर्वाचित वडा अध्यक्षको रुपमा रहनु भएका अधिकारी आफ्नो राजनैतिक यात्रामा अहिले महानगरको सभापतिको रुपमा आँफुलाई उभ्याउनु भएको हो । महानगर काँग्रेसलाई बलियो वनाउँदै टोल तहमा प्रशिक्षण देखि स्थानिय तथा क्षेत्री निर्वाचनमा पार्टीका कार्यकर्ताहरुलाई रुख चिन्हमानै मतदान गराउन लगाउने उहाँका एजेण्डाहरु रहेका छन् । काँग्रेस जिल्ला कार्यसमिति सदस्यको रुपमा रहनु भएका अधिकारी पार्टीको निर्देशनको अक्षरस पालना गर्दै युवालाई मायाँ र अग्रजलाई सम्मान गर्ने निती अवलम्बन गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “काँग्रेसमा अहिले बिचलन छ । स्थानिय तहमा र संसदको निर्वाचनमा रुख चिन्ह छोड्नु परेकोमा । त्यसलाई मेटाउँदै अघि वढ्ने मेरो अभियान हो ।” आँफु नगर सभापति भईसके पछि पाँच वर्ष सम्म कुनै पदमा पनि उम्मेदवारी नदिने उहाँको भनाई छ ।




