चितवन, : चितवनमा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट ७८ तथा एन्टिजेनबाट १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ५९ जना, खैरहनीमा १२ जना, माडीमा ४ जना, रत्ननगर नगरपालिकामा ११ जना, राप्तीमा ६ जना, कालिकामा ५ जना थपिएका हुन् ।
त्यसैगरी चितवनमा आज कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।यो सगैं चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८८ पुगेको छ। चितवनमा अहिले संक्रिय संक्रमितको संख्या १७११ पुगेको छ । ति मध्य १६१२ जना होम आईसोलेशन बसेका छन्। ९८ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने १ जना पब्लिक आईसोलेशनमा रहेका छन् ।
चितवनमा कोरोना भाईरस संक्रमण मुक्त भएर घर जानेको संख्या २२,३५६ पुगेको छ ।








