अभिनेता प्रकाश राजले फेरि बिहे गरे

काठमाडौं। अभिनेता प्रकाश राजले फेरि बिहे गरेका छन् । उनले आफ्नी पत्नीलाई ओठमै किस गरेको तस्वीरसमेत सार्वजनिक गरेका छन् । २४ अगष्टका दिन आफ्नो विवाहको ११ औं एनिभर्सरीको अवसर पारेर उनले आफ्नी पत्नी पोनी वर्मासँग दोस्रो पटक बिहे गरेका हुन् । उनले आफ्नो छोरा वेदान्तको लागि यस्तो गरेका थिए ।उनका छोरा वेदान्तले आफ्ना अभिभावकले बिहे गरेको हेर्न चाहन्थे । त्यसैले आफ्नो विवाहको ११ औं एनिभर्सरीमा उनीहरुले फेरि बिहे गरेका हुन् । प्रकाशले सामाजिक संजालमा यसका केही तस्वीर शेयर गरेका छन् । एउटा फोटोमा प्रकाश घुँडाले बसेर पत्नीलाई औंठी लगाइदिँदै छन् । अर्को फोटोमा उनले पत्नीलाई ओठमा किस गरेका छन् । प्रकाश पत्नी र छोराछोरीसँग निकै खुसी देखिएका छन् ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer