निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकिय चलचित्र ‘डाँडाको बर पीपल’को छायांकन सुरु भएको छ । निषेधाज्ञाका कारण यो चलचित्रको छायांकन सुरु हुन सकेको थिएन । ६० दिनको सेड्यूल राखेर चलचित्रको छायांकन धादिङको धार्केबाट सुरु गरिएको हो । यस्तै, यो चलचित्रलाई काठमाडौं र चित्लाङमा पनि खिचिनेछ ।

यो चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपाने लगायतको अभिनय छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्रमा नवराज गिरीको लगानी छ । चलचित्रमा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया–एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, मित्रदेव गुरुङको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस !