चितवनः भरतपुर अस्पतालमा सञ्चालन भईरहेको समाजिक सेवा इकाईमा लामो समय देखि कार्यरत कर्मचारीहरुलाई निकाला गरिएको भन्दै नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिका अध्यक्ष हरिहर सापकोटा द्धारा जारी ध्यानाकर्षण पत्रमा बि. सं. २०७० साल देखि कार्यरत कर्मचारीहरुलाई यहि भदौ १ गते देखि निकाला गरिएको भन्दै सो घटना प्रति गम्भिर ध्यान केन्द्रित भएको जनाईएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ “समाजिक सेवा इकाईमा कार्यरत कर्मचारीहरु चार जनालाई बिना कारण निकाला गरिएको छ । बगत ७ वर्ष देखि कार्यरत सहजकर्ताहरुको बैकल्पिक व्यवस्था नगरिकन निष्काशन नगर्न हामी माग गर्दैछौ ।” इकाई सञ्चालनका लागि संस्था छनोटका क्रममा समेत राजनैतिक पूर्वाग्राही ढङ्गले गएको भन्दै पत्रमा युवासमाज नेपाल नामक संस्थाबाट कर्मचारी छनोट गर्दा कुन बिधि र पद्धती छनोट गरीन्छ वा राजनैतिक आस्थाका आधारमा गरिन्छ सो को बारेमा जानकारी गराउन समेत आग्रह गरिएको छ । अस्पताललाई राजनैतिक भर्तिकेन्द्र वनाउन नपाई पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !