काठमााडौः भारतमा कोरोना भाइरसको अर्को भेरियन्ट पनि फेला परेको छ। भारतको राजस्थानमा कप्पा भेरियन्ट देखा परेको छ। यसबाट हालसम्म ११ जना संक्रमित भएको तथ्याङ्कमा उल्लेख छ।

दोस्रो लहर कमजोर बन्दै जाँदा कप्पा भेरियन्टले भेटिँदा यसले भारतमा पुनः चिन्ता थपेको छ। यसअघि भारतमा डेल्टा र डेल्टा प्लस भेरियन्टले दोस्रो लहरमा त्यहाँको अवस्था निकै जटिल बनाएको थियो। अझै दैनिक ४० हजार हाराहारीमा त्यहाँ संक्रमित फेला परिरहेका छन्।

राजस्थानका स्वास्थ्य मन्त्री डा. रघु शर्मा हालसम्म कप्पाका ११ संक्रमित फेला परेको पुष्टि गर्दै जसमध्ये जयपुर र अलवरका ४–४ जना, बाडमेरका दुई तथा एकजना भिलवाडाका रहेका जानकारी दिनुभयो। उहाँले यो भेरियन्ट डेल्टाभन्दा कम खतरनाक रहेको बताउनुभयो।

कोरोनाको डेल्टा भेरियन्टलाई निकै खतरनाक र संक्रामक मानिन्छ। त्यसपछि, कप्पा भेरियन्ट यो लिस्टमा आउँछ। कप्पापछि अल्फा भेरियन्टलाई खतरनाक मानिन्छ।

राजस्थानमा हालसम्म ९ लाख ५३ हजार बढीमा संक्रमण फेला परिसकेको छ भने ८ हजार ९४५ संक्रमितले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस !