चितवनः भरतपुर महानगरपालिका वडा नं. १० घरेलु कार्यालय अगाडि वाईपास सडकमा मालवाहक सवारीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १२ कस्तुरी टोल बस्ने वर्ष ७६ का वसन्तबहादुर लिम्बु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान ७ः३० बजेको समयमा विराटनगरबाट काठमाण्डौंका लागि बिस्कुट लोड गरी जाँदै गरेको ना ६ ख ४९२३ नम्बरको डिब्बा गाडीले लिम्बुलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाईते लुम्बुको भरतपुर अस्पतालमा उपचारका क्रममा ७ः५५ बजे मृत्यु भएको हो ।
दुर्घटनापछि फरार रहेको उक्त सवारीलाई भाग्दै गरेको अवस्थामा केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । सबारीसाधन र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाईएको छ ।






