
चितवन: नारायणगढ– मुग्लिन सडक खण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका बिभिन्न ठाउँहरुमा ढुङ्गा र लेदो खसेको हो ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार सडक खण्डको सात दोवाटो र घुमाउनेमा ठूलो ढुङ्गा खसेर सडक एक तर्फी संञ्चालनमा आएको छ । कालिखोला, जलबिरे, सत्र किलो लगाएतका ठाउँमा ढुङ्गा र लेदो खसेको उहाँले जानकारी दिनुभयो । सडकमा खसेका ढुङ्गा पन्छाउनका लागि डिभिजन सडक कार्यालय संग समन्वय भइरहेको उहाँले बताउनु भयो । निरन्तरको वर्षाका कारण ढुङ्गा पन्छाउन कठिन भएको उहाँले जानकारी दिनुभयो ।