
काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई बालुवाटारमा बोलाएर धम्की दिएको भन्दै वृहत् नागरिक आन्दोलनले आपत्ति जनाएको छ । डा गिरीको जीवन रक्षा अहिलेको चुनौती बनेको नागरिक अगुवाहरुको ठहर छ । नारायण वाग्ले, सञ्जीव उप्रेती र युग पाठक लगायतले अगुवाइ गरेको वृहत नागरिक आन्दोलनले आइतबार एक विज्ञप्ति जारी गर्दै डा। गिरीको सुरक्षामाथि सरकार पक्षबाटै असुरक्षा पैदा भएको बताउनुभयो ।
बृहत नागरिक आन्दोलनका तर्फबाट जारी गरिएको विज्ञप्तिमा सोलिडारिटी फर डा। केसी अलायन्सको पनि हस्ताक्षर रहेको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा। श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाई प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाव दिएका छन् ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘डा। गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बन्न पुगेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा। गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार तथा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौं ।