धनगढी, : सुदूरपश्चिम प्रदेसभाको बैठक सुरु भएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन्

नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ ।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !