चितवनः नक्कली प्रेस कार्ड बोकेर पत्रकार भन्दै हिड्ने एक जनालाई प््रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला कोल्वी २ खैरा घर भई हाल नारायणगढको प्रेस मार्गमा फोटो स्टुडियो संचालन गरिरहेका रामशरण भेटवाल रहेका छन् ।
उनले पल खबर डटकमको नाममा प्रेस कार्ड बनाएर हिडेका थिए । शंका लागेर प्रहरीले सोधपुछ गर्दा उनि पत्रकार नरहेको खुल्न आएको हो । चितवन प्रहरीले पछिल्लो समय नक्कली पत्रकार बनेर हिड्नेहरुलाई धमाधम पक्राउ गरिरहेको छ । भेटवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






