
चितवन, : चितवनमा प्रतिबन्धित औषधीको कारोबार गर्ने मेडिकल संचालक सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. ९ का २९ बर्षिय अभिषेक थापा र भरतपुर महानगरपालिका २ का १८ बर्षिय आशिष तिवारी रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. २ पोखरा बसपार्क स्थित अभिषेक थापाले संचालन गरेको सत्य भगवती मेडिकल हलमा प्रतिबन्धित औषधी बिक्री बितरण गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिक्रि बितरण गर्ने मेडिकल संचालक र खरिद गर्ने आशिष तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
Trama – 680 tab., Anargan – 1010 tab., Trupin 81 tab. गरि जम्मा 1771 tab. प्रतिबन्धित औषधी सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान तथा आवस्यक कारबाहीको लागी औषधि व्यवस्था बिभाग शाखा कार्यालय बिरगञ्ज पठाईेको प्रहरिले जनाएको छ ।