चितवन,: चितवनमा विगत २४ घण्टामा १७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर महानगरमा ११८ जना नयाँ संक्रमित थपिएका छन् जुन जम्मा संक्रमितको झण्डै ७० प्रतिशत हुन आउँछ ।

त्यस्तै खैरहनी नगरपालिकामा ५ जना, माडी नगरपालिकामा १६ जना, रत्ननगर नगरपालिकामा ९जना, राप्तीमा ३ जना, कालिकामा २१ जना र इच्छाकामना गाउँपालिकामा १ जना थपिएका छन् । यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या चार हजा ८४५ पुगेको छ ।

त्यसैगरी आजसम्म चितवनमा कोरोना संक्रमणको कारणले २२१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस !