
नेपाल तरुण दल चितवनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । संसद विघटन र सरकारले गरेको मध्यावधि निर्वाचनको बिरोधमा तरुणदलले भरतपुर महानगरपालिका वडा नम्बर ४ पिपलचोकमा पुत्ला दहन गरिएको हो ।
तरुणदल चितवनका उपाध्यक्ष निरञ्जन सुवेदीको नेतृत्वमा जिल्ला सचिब प्रल्लाद उप्रेती, तरुणदल प्रबक्ता, तरुणदल नेता श्याम पौडेल सहितको टोलिले पुत्ला दहन गरेको हो । प्रतिगमन मुर्दावाद, लोकतान्त्रीक गणतन्त्र जिन्दावाद सहितका नारा सहित राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । पुत्ला दहन पछि आयोजित सभामा सम्बोधन गर्दै उपाध्यक्ष सुवेदीले जिल्लाका तल्लो तह सम्म आन्दोलनका कार्यक्रमहरु गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा सचिब उप्रेतीले केन्द्रको निर्देशन अनुसार कार्यक्रमहरु हुँदै जाने वताउनुभयो ।
सो अवसमा तरुण नेता श्याम पौडेलले सराकारका कदहरु जनता विरोधि रहेको भन्दै यसको बिरोध मात्रै नभएर प्रतिकार गर्नु पर्ने वताउनु भयो ।