काठमाडौं,: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल ‘स्वास्थ्य संकटकाल’ को सम्भावना नरहेको बताएका छन् ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकको निर्णय जानकारी गराउँदै मन्त्री ज्ञवालीले संक्रामक रोग ऐनमा भएका व्यवस्था र कार्यान्वयको विश्लेषण नगरी स्वास्थ्य संकटकाल लगाउने कुरा हतारो हुनसक्ने बताएका हुन् ।
‘रिजल्ट आउने भयो भने मात्र स्वास्थ्य संकटकाल लगाउनुपर्ने हुन्छ । महामारीविरुद्ध युनिफाइड ढंगबाट अघि बढ्नु नै अहिलेको आवश्यकता हो’, उनले भने ।