फरार प्रतिवादी पक्राउ

सिन्धुली, : जिल्ला प्रहरी कार्यालयले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अंश मुद्दामा जिल्ला अदालतले फैसला गरिसकेका प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार कमलामाई नगरपालिका–४ निवासी २० वर्षीय रन्जेशविक्रम बुढाथोकी र २४ वर्षीय राजेन्द्रविक्रम बुढाथोकी पक्राउ परेका हुन् ।

उहाँका अनुसार अंश मुद्दामा अदालतको विसं २०७३ फागुन १ गते गरेको फैसलाले प्रतिवादीउपर जनही रु १५ हजार ८२३ नपुगी अदालत शुल्क जरिवाना भई हालसम्म उनीहरु फरार रहेका थिए । उनीहरूलाई खोजी गर्दै जाँदा कमलामाई–४ स्थितमा बाटोमा फेला पारी निजहरूलाई आवश्यक कारवाहीका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ ।(रासस)

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer