चितवन : जिल्लाको माडी नगरपालिकामा एक जना कोरोना सङ्क्रमितले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा माडी नगरपालिका वडा नम्बर ३ का ३५ वर्षिय पुरुष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कोरोना सङ्क्रमित भइ होम आईसोलेसनमा वसेका उनले आफ्नै कोठामा पासो लगाइ आत्महत्या गरेका हुन ।
प्रहरीका अनुसार वैशाख १५ भारतबाट फर्किएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै होम आइसोलेसनमा रहेका उनले आज विहान ७ः३० वजे आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनी भारत आफन्तको विवाहमा गएका थिए ।
दुई अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु
जिल्लाका दुई अस्पतालमा उपचाररत एक-एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा उपचाररत सङ्क्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बिरगञ्ज उपमहानगरपालिका वडा नम्बर १० की ५२ वर्षिया महिला रहेकी छन् । उनको पुरानो मेडीकल कलेजमा उपचारका क्रममा आज विहान ६ः३० वजे मृत्यु भएको हो ।
मृगौला र फोक्सोमा समस्या भई यही वैशाख ११ गते अस्पताल भर्ना भएकी उनमा १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको हो ।यता चितवन मेडीक कलेजमा उपचाररत गैडाकोट नगरपालिका वडा नम्बर २ का ७३ वर्षिय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
निमोनियाको समस्या भई यही वैशाख १६ गते अस्पताल भर्ना भएका उनमा १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।कोरोना सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज विहान ३ः३० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।






