चितवनः यहाँको चितवन मेडीकल कलेजमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना चितवनको र अर्को एक जना रुपन्देहीका रहेका छन् । मृत्यु भएका दुबै जना महिला रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ८ की ६५ वर्षिया महीला रहेकी छन् । निमोनियाको समस्या भई उपचारका लागि वैशाख १८ गते अस्पतालमा भर्ना भएकी उनमा १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज दिउँसो २ वजे मृत्यु भएको हो ।

यस्तै रुपन्देहीको मडिग्राम नगरपालिका वडा नम्बर ५ की ५० वर्षिया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही बैशाख १५ गते अस्पताल भर्ना भएकी उनमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज दिउँसो १ः५८ वजे मृत्यु भएको हो । यो संगै चितवन मेडीकल कलेजमा कोरोनाका कारण आज मात्र ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !