चितवनः कोरोना सङ्क्रमणका कारण जिल्लामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन जना रहेका छन् । एक रुपन्देही जना रहेका छन् । सबैको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ४का ६२ वर्षिय एक परुष रहेका छन् । यहि बैशाख १ गते स्वास्थ्यमा समस्या आई अस्पताल भर्ना भएका उनमा २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगैं भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज साँझ ४ वजे मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर २२ का ७४ वर्षिय वृद्धाको पनि कोभिडका कारण मृत्यु भएको छ । मधुमेह, रक्तचाप र निमोनियाको उपचारका लागि वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा बैशाख १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ः२१ वजे उनको मृत्यु भएको हो ।
यस्तै माडी नगरपालिका वडा नम्बर ३ का ६९ वर्षिय वृद्धको उपचारका क्रममा सोमबार राती १२ः४५ वजे मृत्यु भएको छ । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा बैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि पछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यता कोरोनाका कारण रुपन्देहीका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ४० वर्षिय परुष रहेका छन् । स्वासप्रश्वासको समस्या भई उपचारका लागि अस्पताल आएका उनको आज दिउँसो ३ः ४५ वजे मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !