
चितवनः भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराको पुरुष रहेका छन् ।
अस्पतालका अनुसार माडी नगरपालिका वडा नम्बर ३ का ६९ वर्षिय वृद्धको उपचारका क्रममा सोमबार राती १२ः४५ वजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा बैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि पछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यस्तै बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई बैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना संङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ वजे मृत्यु भएको हो ।
यस संगै सोमबार चितवन मेडीकल कलेजमा तीन जना र पुरानो मेडीकल कलेजमा सङ्क्रमणकै कारण मृत्यु भएको थियो । मृत्यु हुनेहरु धेरै बाहीरी जिल्लाबाट आएका रहेका छन् ।