चितवनः भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २५ का ४८ वर्षिय र देवचुली नगरपालिका वडा नम्बर १६ का ४७ वर्षिय पुरुष रहेका छन् ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिकाका पुरुष मृगौलामा समस्या भई यही बैशाख १२ गते अस्पताल भर्ना भएका थिए । उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

यस्तै नवलपारसीको देवचुलीका पुरुषको पनि आजै मृत्यु भएको छ । वाटोमा हिड्दा लडि घाइते भएर उपचारका लागि बैशाख १२ गते अस्पताल आएका उनमा १३ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भए संगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ः३० वजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !