चितवनः चितवन राष्ट्रिय निकुञ्जमा आज एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको बुढीराप्ती क्षेत्रमा अन्दाजी ३० वर्षको गैंडा मृत भेटिएको हो ।
उक्त गैंडाको खुर, खाग सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । योसँगै चालु आर्थिक वर्षमा ३१ वटा गैंडा मरेका छन् । जस मध्ये चारवटा चोरीशिकारीले र २७ वटा प्राकृतिक कारणले मरेका हुन् ।





