सुर्खेत, : कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि मंगलबार मध्यरातदेखि सुर्खेतमा एकसाताको लागि लकडाउन घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार मंगलबार मध्यरात १२ बजेदेखि लागु हुने गरि लकडाउन हुनेछ ।

भाइरस नियन्त्रणभन्दा बाहिर जान थालेपछि लकडाउन घोषणा गरिएको जनाइएको छ । लकडाउन अवधीभर दमकल, एम्बुलेन्स, शववहान, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र संचालन हुन पाउने भएका छन् ।

अहिले जिल्लामा ३ सयभन्दा बढी सक्रिय संक्रमित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !