चितवनः पूर्बी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ मा मजदुर ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ५ का ३५ वर्षिय खड्क लामा, खैरहनी नगरपालिका वडा नम्बर ९ का ४० बर्षिय मगन महतो, ५० वर्षिया छनिया महतो, राप्ती नगरपालिका वडा नम्बर ४ का ४५ वर्षिय सिताराम श्रेष्ठ र नाम थर नखुलेका अन्दाजी २५ वर्षिय एक पुरुष रहेका छन् ।

थाकलटारबाट चिउँडेखोला तर्फ आउँदै गरेको ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रीत भई आमपानी स्थित चिउँडे खोलामा अनियन्त्रीत भई दुर्घटना भएको थियो । ट्याक्टर सडक बाट करिब २ सय मिटर तल खस्दा सवार १९ जना घाईते भएका छन् । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार घाईते मध्ये १४ जनाको पुरानो मेडीकल कलेजमा र पाँच जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । घाईते मध्ये ५ जनाको अबस्था गम्भिर रहेको र अन्यको मध्यम रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !