काठमाडौं : सरकारले दुइ स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । यसै साता बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा डोल्पा र बाँकेका एक-एक स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय निर्णय गरेको आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनकमा जानकारी गराएका हुन् ।

जसमा डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र वडा नम्बर तीनबाट वडा नम्बर चारमा र बाँकेको खजुरा गाउँपालिकाको केन्द्र वडा नम्बर चारबाट वडा नम्बर तीनमा परिवर्तन गरिएको हो । बैठकले नेपाल र ओमान सरकारविच पर्यटन क्षेत्रमा सहयोग आदान प्रदान गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विदेशमा बस्ने नेपाली सुमदायले वा यस समुदायका लागि काम गरिरहेका संघ संस्थाले र नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाम सञ्चालन गर्न चाहानेले सम्बन्धित देशको कानुन अनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालय तहमा माध्यामिक तहसम्मको पठन पाठन सञ्चालनका लागि माग भइ आएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्विकृति दिन पाउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !