चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोली सहित एक युवालाई पक्राउ गरेको छ । कार्यालयका प्रबक्ता सूर्य वहादुर थापाका अनुसार आज दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो ।

होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजीक चेकजाँचका क्रममा गोली सहित १८ वर्षिय युवा पक्राउ गरिएको उहाँले बताउनुभयो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएर थप अनुसन्धान सुरु गरिएको उहाँको भनाई छ । अनुसन्धान भइरहेकाले प्रहरीले नाम गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस !