
चितवनः डिभिजन वन कार्यालय चितवनले चालु आर्थीक वर्षको चैत १० गते सम्म बिभिन्न मुद्धाका ४० जनालाई पक्राउ गरि कारवाही प्रकृया सुरु गरेको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार २८ वटा मुद्धामा उनीहरुलाई पक्राउ गरि कारवाही अघि वढाइएको हो ।
ती मुद्धामा संलग्न रहेका मध्ये १० जना फरार रहेको उहाँले जानकारी दिनुभयो । वन्यजन्तु सम्बन्धि मुद्धा २ वटा र वन पैदावार सम्बन्धि २६ वटा मुद्धा दर्ता भएको उहाँले बताउनुभयो । पक्राउ परेकाहरुबाट १६ सवाी साधन, ८ सय ४४ दशमलब २९ क्यूफिट काठ बरामत गरिएको छ ।
सवारी साधनमा बोलेरो, अटो, मोटरसाइकल, रिक्सा बरामत भएका छन् । सोही अबधिमा १ हजार १ सय ३ दशमलब ५७ क्यू फिट काठ बेबारिसे अबस्थामा भेटिएको खनालले बताउनुभयो । यसै समयमा ३५ वटा जंगली जनावरको उद्धार गरिएको छ भने ४२ वटाको व्यवस्थापन गरिएको छ । उद्धार गरिएका जनावरमा चित्तल, गोही, अजिंगर, रतुवा, हुचिल जस्ता रहेका छन् । मृत अबस्थामा भेटिएका पाटेवाघ, चित्तल, बँदेलको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय वन क्षेत्रमा घाईते अबस्थामा भेटिएका जनावारको उद्धार गरिएको हो ।