
चितवन, : चितवनमा यही चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत आपूर्ती बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मत संभारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।
हेटौंडा ग्रिड महाशाखा अन्तरगतको १३२/३३/११ केभि भरतपुर सब स्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नुको साथै आवश्यक मर्मत संभार गर्न परेको विद्युत कटौती गर्न लागिएको महाशाखाका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए । विद्युत प्राधिकरण भरतपुरका अनुसार शनिबार विहान ८ बजेदेखि साँझ ६ बजेसम्म र आइतबार पनि विहान विहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुनेछ ।