गायक कृष्ण अधिकारीले ओइ पापिनी सुन बोलको गित बजारमा ल्याएका छन् । गितमा कृष्ण अधिकारी सँगै विष्णु परियार र कबिता लामाको स्वर रहेको छ । भरत भट्टको सब्द रहेको गितलाई केबि भण्डारीले संगित संयोजन गरेका हुन ।
गितको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
भिडियोलाई अंजित बोहोराले निर्देशन गरेका हुन् भने फिचरिङमा किशोर नेपाली ,वर्षा प्रजा र राजेस राई रहेका छन् । भिडियो छायांकन तथा सम्पादन सतिस राईले गरेका हुन् ।