चितवन: ईलाका प्रहरी कार्यालय रत्ननगरले रु एक लाख १४ हजार ४५० सहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । पक्रमउ पर्नेमा रत्ननगर नगरपालिका वडा नम्बर १६ का ३८ वर्षिय राम वहादुर मगर, ५४ वर्षिय हरी मगर र भरतपुर महानगरपालिका वडा नम्बर १८ का ४१ व्र्षिय शालिकराम रेग्मी रहेका छन् ।

उनीहरुलाई प्रहरीले आज दिउँसो २ः ३० वजे पक्राउ रत्ननगर नगरपालिका वडा नम्बर १६ खैरेटी स्थित रामबहादुरको बंगुरको खोरबाट पक्राउ गरिएको हो । पक्रउ परेकाहरुको साथबाट १६ थान कौडा, कौडा खेल्न प्रयोग भएको म्याट र नगद बरामद गरिएको हो । पक्रउ परेकाहरुलाई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !