चितवनः पूर्बी चितवनको कालिका नगरपालिकामा प्रहरीले दुई राउण्ड हवाइफायर गरेको छ । कालिका नगरपालिका वडा नम्बर ६ गुराउचौरमा आज साँझ प्रहरीले दुइ राउण्ड हवाइफायर गरेको हो ।

बिषादी खाई बिरामी भएका कालिका नगपालिका वडा नम्बर वडा नम्बर ६ का कञ्चन तिमिल्सीनको आज मृत्यु भए पछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फाएर गरेको हो ।

प्रेम सम्बन्धमा रहेका युवक युवतीलाई अलग गराएपछि युवकले बीष सेवन गरेका थिए । बिष सेवन गरेका युवाको मृत्यु भएपछि उनको आफन्तले युवतीको घर घेरेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाई फाएर गरेको हो । स्थिति नियन्त्रणमा लिन नसके पछि हवाई फायर गरिएको प्रहरीले जनाएको छ । आक्रमणकारीले युवतिको घरमा रहेको परालको टौवामा आगो लगाएका छन् ।

युवकले गत पुष २२ गते बीष सेवन गरेका थिए । उनको आज बिहान ९ वजे उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !