चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा माईक्रोबसले कार र मोटरसाइकललाई ठक्कर दिदाँ ९ जना घाईते भएका छन् । सडक खण्डको भतेरीमा मुग्लिनबाट भरतपुर तर्फ आइरहेको बा २ ख ७९६९ नम्बरको माइक्रोले बिपरित दिशातर्फ जाँदै गरेको बा २ च २८२४ नम्बरको कार, ना १७ प ४०१२ नम्बरको मोटरसाइकल, ना २७ प ७०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाईते मध्ये तीन जना मध्येम र ६ जना सामान्य घाईते भएका छन् । उनीहरुको भरतपुर अस्पताल र चितवन मेडीकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाले जानकारी दिनुभयो । ठक्कर दिने माइक्रो, चालक, कार र दुइवटै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !