चितवनः पूर्ब सांसद एकनाथ रानाभाटको आज पबित्र तिर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ । रानाभाटको उपचारको क्रममा सोमबार ६६ वर्षको उमेरमा निधन भएको थियो ।

रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठूवा निबासी रानाभाट उच्च रक्तचापका कारण मस्तिश्कघात भए पछि माघ २६ गते चितवन मेडीकल कलेज भर्ना हुनु भएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । उहाँको अन्त्येष्टिमा देवघाटमा नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइराला, पूर्ब उपप्रधान एबं गृह मन्त्री कृष्णप्रसाद सिटौला लगाएत नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी, राप्रपा लगाएतका पार्टीका जिल्लाका बिभिन्न तह र तप्काका नेता एबं सांसदहरुको उपस्थिति रहेको थियो ।

अन्त्येष्टि पूर्ब उहाँको पार्थीब शरीरलाई नेपाली काङ्ग्रेसको पार्टी कार्यालय कमलनगरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । रानाभाट वि. सं. २०५६ सालमा चितवन क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । वि. सं. २००९ साल कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उहाँको जन्म भएको थियो ।

रानाभाट नेपाली काङ्ग्रेस चितवनका पूर्ब सचिब, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्ब अध्यक्ष, राष्ट्रिय सहकारी वोडका पूर्ब उपाध्यक्ष लगाएत बिभिन्न पदमा रहि कार्य गर्नु भएको थियो । उहाँका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !