चितवन: माडी नगरपालिका वडा नम्बर ८ इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना ५ त ३०४५ नम्बरको ट्याक्टरका चालक २२ वर्षिय मनोज सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीय टुनामुना खोलामा ढुङ्गा उठाउन जाने क्रममा आज बिहान ११ः४५ वजे ट्याक्टर आँफै अनियन्त्रीत भई दुर्घटना भएको हो । चालक सुनारको घटना स्थलमानै मृत्यु भएको कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाले जानकारी दिनुभयो ।

मृतकको शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस !