करणको लभ स्टोरीमा आलिया र रणवीर

रणवीर सिंह र नायिका आलिया भट्टले यसअघि चलचित्र ‘गल्ली ब्वाई’मा काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई मात्र गरेन, आलिया र रणवीरको करिअरलाई पनि धेरै फाइदा गर्यो ।

अब, यो जोडी फेरि पर्दामा फर्किने तयारीमा छ । निर्देशक करण जोहरको निर्देशनमा बन्न लागेको एक चलचित्रमा आलिया र रणवीरले काम गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार, करण जोहर अहिले चलचित्रको कथामा व्यस्त छन् । करणले निर्देशन गरेको पछिल्लो चलचित्र ‘ए दिल हे मुश्किल’ हो । रणवीर सिंहले भने करणको निर्देशनमा पहिलो पटक काम गर्दैछन् । आलियाले आफ्नो डेब्यू नै करणको निर्देशनमा बनेको चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट गरेकी थिइन् ।

करणको निर्देशनमा रणवीर र आलियाले चलचित्र ‘तख्त’मा पनि काम गर्ने चर्चा थियो । तर, यो चलचित्र निर्माण पछि धकेलिएको छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer