चितवनः यहाँ रहेका दुई अस्पताललाई पिसिआर परिक्षणमा शुल्क वढि लिएको भन्दै स्थानीय प्रशासन कारवाही गरे पनि भारतीय द्धारा संञ्चालित मेडीकल कलेजलाई उन्मुक्ति दिएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चितवन मेडीकल कलेज र बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताललाई कारवाही गरेको भएको भए पनि भारतीय द्धारा सञ्चालित पुरानो मेडीकल कलेजलाई भने उन्मुक्ति दिएको पाईएको हो ।

क्लिक खवरले २०७७ साल मंसिर १३ गतेको अंकमा “पिसिआर परिक्षणमा बिरामी ठग्दै पुरोनो मेडिकल कलेज” शिर्षकको समाचार प्रकाशन गरेको भए पनि स्थानीय प्रशासनले यसलाई उन्मुक्ति दिएको देखिन्छ । प्रशासनले मंसिर ३० गते विपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल र त्यस अघि चितवन मेडीकल कलेलजलाई कारवाही गरेको थियो । तर यस अस्पताललाई भने अहिले सम्म कुनै पनि प्रकृया सुरु नगरिएको पाइन्छ ।


सरकारले कोरोना परिक्षणमा रु २ हजार मात्र लिन गरेको निर्देशन यहाँको कलेजअफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडीकल कलेज)ले अटेर गरेको पाईएको छ । सो कलेजले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप रु १ हजार लिएको पाईएको हो ।

कलेजका निर्देशक डा. मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्विकार गर्दै हाल भने नलिएको जिकिर गर्नु भयो । उहाँका अनुसार यहाँ संकलन गरिएको स्वाब परिक्षणका लागि काठमाडौंको स्टार हस्पिटलमा पठाईदै आईएको छ । सो अस्पतालले परिक्षण शुल्क रु २ हजार ४ सय लिने हुँदा आँफुहरुले यातायात शुल्क सहित रु ३ हजार लिएको स्विकार गर्नु भयो ।

हाल भने अस्पतालले रु ४ सय थप गरेर परिक्षण गराउँदै आएको उहाँको दावी रहेको छ । यध्यपि जिल्लाकै दुई सरकारी अस्पताल र एक मेडिकल कलेजमा पिसिआर परिक्षण हुँदै आएको छ । प्रधानले भने यहाँका अस्पतालले ढिलो नतिजा दिने र सिटि भ्यालुको नतिजा नदिए पछि काठमाडौं स्वाब पठाउने गरेको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय चितवनले यहाँको चितवन मेडीकल कलेज र बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालले स्वाब परिक्षणमा रु ५ सय वढि लिएको भन्दै मुद्धा चलाएको छ । कलेजका प्रतिनिधिले रु १८ लाख र क्यान्सर अस्पतालका प्रमुखले रु ८ लाख धरौटी जम्मा गरेर मुद्धा लडिरहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सो मेडीकल कलेजले अतिरिक्त शुल्क लिएको जानकारी प्राप्त भएको भन्दै कारवाही प्रकृया अघि वढाईने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !