काठमाडौंः नेपालमा ९ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणका क्रममा उनीहरु थपिएका हुन । यो सहित संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।

जसमध्ये हालसम्म २ लाख ३८ हजार ५ सय ६९ जना डिस्चार्ज भएका छन् । मंगलबार १ हजार ९ सय ९६ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज १४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !