चितवन – चितवनमा ग्यास बुलेटले मोटरसाईकल ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका ७ हर्दी चोकमा एनएल ०१एल२४६० नम्बरको एलपी ग्यास ईण्डियन बुलेटले सोही दिशाबाट आईरहेको प्रदेश नं.३-००२ प ११८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

दुर्घटना परी राप्ती ५ का ३० वर्षीय नवराज दनै र २२ वर्षीय सचिन दनैको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भण्डाराले जामकारी दिएको छ ।

दुर्घटनालाई लिएर करिब ४ सयको संख्यामा उपस्थित स्थानीयले सडक अवरुद्ध गरेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डिएसपी सुर्य बहादुर थापाले जानकारी दिए । ठक्कर दिने ग्यास बुलेट र चालक प्रहरी नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया दिनुहोस !