चितवनः करेन्ट लागेर पुर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर १ का ४५ वर्षिय सुक वहादुर पाख्रिन रहेका छन् ।

कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिमलमा पुरुषोतम कडेलको घर वनाउने क्रममा बिजुलीको तारमा परि उनलाई करेन्ट लागेको हो । करेन्ट लागि घाईते भएका उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा आज दिउँसो १ः३० वजे बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाईते पाख्रिनलाई जोगाउने क्रममा स्थानीय अनिश श्रेष्ठ सामान्य घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस !