काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस बर्षको दसैंमा किनमेल नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम रहेकोले यस बर्ष दसैंका लागि किनमेल नगर्न आग्रह गरेका हुन् ।

उनले यस बर्ष पुरानै लुगा लगाएर दसैं मनाउन समेत आग्रह गरेका छन् । ‘यसपाली दसैं भिडभाडमा सपिङ नगरी पुरानै लुगा लगाइ घरमा पूजा आजा गरी, घरमै बनाइएका खानेकुराहरु खाएर मनाऔं’, उनले भने ।’

यस्तै उनले बुढापाकासँग गएर टीका तथा आर्शिवाद नलिन पनि आग्रह गरेको छ । ‘मान्यजनसँग आशिर्वाद लिन जाने क्रममा यात्रा नगरौं र धेरै बुढापाकासँग यस पटक टिका नलगाऔं उनले भने, अनलाइन वा फोनबाट आशिर्वाद लिऔं ।’

प्रतिक्रिया दिनुहोस !