चितवन : चितवनमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्‍यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ बर्षीय पुरुष र रुपेन्देहीको वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ बर्षीय पुरुषको मृत्‍यु भएको हो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उच्च रक्तचाप र मधुमेहको समस्या भइ कात्तिक ११ गते भर्ना भएका रत्ननगरका पुरुषमा १२ गते कोरोना पुष्टि भएको थियो । उनको कोभिड आईसियु कक्षमा उपचारको क्रममा आज बिहान ६:५४ बजे मृत्यु भएको हो ।

यस्तै कात्तिक ३ गते कोरोना पुष्टि भई ११ गते अस्पताल भर्ना भएका रुपन्देहीका पुरुषको गएराती ११:४७ बजे मृत्यु भएको हो । ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासका कारण स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड आइसियु कक्षमा राखेर उपचार गर्ने क्रममा उनको मृत्‍यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !