काठमाडौः पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका तीन जना छन् काठमाडौंका ३४ र ८६ वर्षीया महिला र ५४ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, सुन्सरीका ६०, मोरङका ६०, सप्तरीका ३९ र रुपन्देहीका ८२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।







