चितवनः रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन कोरोना मुक्त हुनुभएको छ । सोमवार भरतपुर स्थित कोभिड प्रयोगशालामा गरिएको दोश्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आए संगै वन कोरोना मुक्त हुनु भएको हो ।

वनलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेर आयुर्वेद र सामान्य हेमोपेथिक औषधिको सेवनबाट नै कोरोना जितेका वनले वताउनुभयो । वनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !